नि.शुल्क कानूनी सहयोग सम्बन्धी सूचना
जातिय बिभेद तथा छुवाछुत र श्रम शोषण बाट पिडित मुक्त हलियाहरुका लागि राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रिय कार्यालय डडेल्धुराले देश भरिका सम्पुर्ण मुक्त हलियाहरुलाई नि.शुल्क कानुनी सहयोग र परामर्श सेवा प्रदान गरिने हुदा पिडित ब्यक्तिहरुले आफुलाई परेको पिरमर्का र समस्या बारे सम्पर्क गर्न हुन सम्पुर्ण मुक्त हलिया दिदी बहिनी तथा दाजु भाई हरुलाई अनुरोध गरिन्छ ।
सम्पर्क ठेगाना
राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रिय कार्यालय डडेल्धुरा
फोनं ०९६ ४१०१९६
के तपाई लाई थाहा छ ?
२०६५ भाद्र २१ गते नेपाल सरकार द्धारा हलिया मुक्तिको घोषणा गरिएकोछ । अब हलिया भएर मालिक (साहु) कहा हलो जोत्नु, कृषिजन्य कार्यमा लगाई श्रम शोषण गर्नु,साहु बाट हलिया ऋण फिर्ता माग्नु वा कुनै पनि बहानामा मुक्त हलियाहरु लाई दु.ख दिने कार्य कानु्नतः ढण्डनिय हुनेछ ।त्यसैले मुक्त हलियाहरुले आफ्नो अधिकार समयमै थाहा पाई राखौ ।
सावधान ! सावधान !! सावधान !!!
हलिया राख्नु र राख्न लगाउनु दण्डनिय अपराध हो । कानूनको अनबिज्ञता कसैलाई पनि क्षम्य हुदैन,त्यसैले समयमै आफ्नो अधिकार,कर्तब्य र दायित्व जानी राखौ ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रिय कार्यालय डडेल्धुरा
नि.शुल्क कानुनी परामर्श र तथा सेवा केन्द्र
छुट मुक्त हलियाहरुलाई प्रमाणिकरणको दायरामा ल्याउने सम्बन्धी सुचना
नेपाल सरकार बाट हालै जारि भएको मुक्त हलिया पुर्नस्थापन समस्या समाधान समिति गठन आदेश २०७०कोदफा १० को (ख) र मुक्त हलिया पुर्नस्थापन सम्बन्धी ३ बर्षे कार्ययोजनाको रणनिति र कार्यनिति अन्तरगत ४.१.२ मा कुनै पनि मुक्त हलिया ब्यक्ति वा परिवारले न्यायिक वा अर्ध न्यायिक निकायहरुबाट भएको फैसला बमोजिम प्रमाण सहित आफु मुक्त हलिया भएको भनि दावी गर्न आएमा त्यस्ता मुक्त हलिया परिवारहरु लाई प्रमाणिकरणको दायरामा ल्याउने ब्यबस्था भएको हुदा सो प्रकृयामा आउन चाहने मुक्त हलिया दाजुभाई तथा दिदी बहिनीहरुले महासंघ बाट आबस्यक कानुनी सहयोग र परामर्श लिन हुन समग्र छुट मुक्त हलियाहरु जानकारी गराईन्छ ।
सम्पर्क ठेगाना
राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रिय कार्यालय डडेल्धुरा
फोनं ०९६ ४१०१९६